मनोरंजन

‘दरबार’को सुटिङ सकाएर हिमालय यात्रामा निस्किए रजनीकान्त

साउथका सुपरस्टार रजनीकान्तले ठूलो पर्दामा विभिन्न भूमिकालाई प्ले गर्दै आएका छन् । करोडौं दर्शकहरु उनको एक्शनका फ्यान छन् । फिल्ममा उनी एक्शन अवतारमा प्रस्तुत भएपनि वास्तविक जीवनमा उनी निकै शालीन छन्, सादा जीवन बिताउँछन् । साथै उनी धर्मकर्ममा पनि निकै विश्वास गर्दै आएका छन् । अहिलेको समय उनी हिमालयको यात्रामा निस्किएका छन् ।

रिपोर्टका अनुसार सुपरस्टार रजनीकान्त तीर्थयात्राको लागि हिमालय प्रस्थान गरेका छन् । उनको यस ट्रिप जम्मा १० दिनको हुनेछ । रजनीकान्तको आगामी फिल्म ‘दरबार’ हो । यो फिल्ममा लामो समयपछि उनी प्रहरीको भूमिकामा प्रस्तुत हुँदैछन् ।

रजनीकान्तले यो फिल्मको सुटिङ पूरा गरिसकेका छन् । ‘दरबार’को सुटिङ सकेसँगै रजनीकान्तले हिमालय यात्रामा जाने निधो गरेका हुन् । उनी सीधै उत्तरखण्डमा अवतरण गर्नेछन् । त्यसपछि उनी केदारनाथ, बद्रीनाथ हुँदै बाबा टेम्पल पुग्नेछन् ।

रजनीकान्तको आगामी फिल्मको कुरा गर्नुपर्दा ‘दरबार’मा उनको अपोजिटमा अभिनेत्री नयनतारा हुनेछन् । फिल्मसेटबाट रजनीकान्त र नयनताराको केही तस्वीरहरु पनि बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *