प्रमुख समाचार

मोरङको उर्लाबारी राजघाटको खानेपानी आयोजना अलत्रप, कार्य थालेको ११ बर्ष वित्यो

मोरङ । मोरङको उर्लावारी नगरपालिका राजघाटमा रहेको पानी ट्यांकी निर्माण अलपत्र परेको छ । उपभोक्ता समितिको उदासिनका कारण पानी ट्यांकी निर्माण हुन नसकेको स्थानीयले आरोप लगाएका छन् ।

उर्लावारी नगरपालिका राजघाटमा रहेको खानेपानी ट्याँङकीको निर्माण कार्य थालेको ११ बर्ष हुँदा पनि अझै काम सम्पन्न भएको छैन । ‘लगानी बालुवामा पानी’ भने झैं भएको स्थानीयले गुनासो गर्ने गरेका छन् । १० बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेपनि अझै काम हुन नसकेको हो । उपभोक्ताहरु अहिले सम्म पानी नपाउदा ट्युवेलको पानी पिउन बाध्यछन् ।

५ कठ्ठा जग्गामा निर्माणाधिन सो खानेपानी तथा सरसफाइ उपभोक्ता गठन भएको भए पनि स्थानीय उपभोक्ता समितिले काम गरेको छैन । उपभोक्ता समितिको विकल्प खोज्दै स्थानीयपालिका नै सक्रिय हुनुपर्ने माग गरिएको छ ।

खाने पानीको पाइप विच्छ्याउन बाँकी रहेकाले पानी वितरण गर्न नसकिएको उपभोक्ता समितिको तर्क छ । समितिले आर्थिक बर्ष ०७७ /०७८ साल भित्रमा सम्पन्न गर्ने दाबी गरेको छ ।

उपभोक्ता समिति २०६६ सालमा गठन भएको थियो । सरकारको लगानीमा निर्माणाधिन खानेपानीलाई सम्बन्धीत निकायले पनि चासो नदिएको स्थानियहरुले बताउँदै आएका छन् । खानेपानी स्टक गर्ने ट्याङकी पनि घाँसै घाँसले भरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *