प्रमुख समाचार

विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने नेताहरुको भनाइ

काठमाडौं । मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसले दशै, तिहार, छठ र नेपाल संवत्का अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुको यस्तो भनाइ आएको हो ।

राजनीतिक सहमतिबाटै परिवर्तन सम्भव भएको बताउँदै आएका नेताहरुले विकास र समृद्धि पनि अर्को क्रान्ति भएकाले एक साथ हुनुपर्ने औंल्याए ।

यो पनि पढ्नुहोस :सीको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा : राष्ट्रपति भण्डारी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज गर्नुभएको एक ट्वीट सन्देशमा चिनियाँ समकक्षीले नेपाल र नेपालीप्रति दर्शाउनुभएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *