प्रमुख समाचार

दरबारमार्गको भिक्ट्री लाउन्जमा आगलागी

दरबारमार्गको भिक्ट्री लाउन्जमा आगलागी भएको छ।

आइतबार साँझ करिब ६ : १० बजे भिक्ट्री लाउन्जमा आगलागी भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ।

प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ।

‘५/६ वटा दमकलबाट आगो निभाउने कार्य भइरहेको छ’, प्रहरी नायब निरीक्षक गोविन्द नायकले भने, ‘कुनै पनि मानवीय क्षति भने भएको छैन।’

घटना कसरी घट्यो भने खुल्न नसकेको उनले बताए।

यो पनि पढ्नुहोस अकस्मात परेको विदाले कर्णाली अस्पतालका विरामी प्रभावित सुर्खेतको चौकुने गाउँपालिका–२ लगामकी सिर्जना बस्नेत एक साताअघि कर्णाली प्रदेश अस्पतालमा सुत्केरी भइन्। शल्यक्रिया गरी उनको बच्चा निकालिएको हो। सिर्जनालाई प्रदेश अस्पतालले आइतबार बिहान डिस्चार्ज गर्यो‍।

डिस्चार्ज भएपश्चात घर जान लागेकी उनलाई आइतबार सार्वजनिक विदा परेपछि अस्पतालले सुत्केरी भत्ता दिन नसक्ने बतायो। सिर्जनाका श्रीमानले एक सय रुपैयाँ अस्पतालसम्म पुग्ने खर्च दिएका थिए। श्रीमतीले पाउने दुई हजार रुपैयाँ सुत्केरी भत्ता निकालेर गाउँ पठाइदिन छिमेकीलाई जिम्मा दिएर उनी घर फर्किए।

‘बाहिरका ठूला मान्छे आएपछि विदा दिने चलन रैछ, आज चीनका राष्ट्रपति आएको निहुँमा विदा दिइएको रहेछ’ उनका श्रीमान् बुद्धिमान बोहराले भने, ‘यसरी आइतबार नै विदा दिँदा कतिको महत्वपूर्ण समय नै बर्वाद भएको होला।’

सुर्खेतकै पञ्चपुरी नगरपालिका–६ बाबियाचौरका प्रेम सुनार उपचारका लागि शनिवार सुर्खेत आए। उपचार खर्चका लागि आइतवार बैंकमा भएको रकम निकाल्न कुमारी बैंकको सुर्खेत शाखामा पुगेका प्रेमले बैंक बन्द भएको देखेपछि दंग परे।

‘आज दोस्रो रिपोर्ट आउँदैछ, त्यसपछि अस्पतालको बाँकी बिल तिरेर औषधि किन्नुपर्ने’, उनले भने, ‘आइतबार विदा छ भन्ने थाहा थिएन, पैसा निकाल्न नपाएपछि अब भोलि पनि वीरेन्द्रनगरमै दिन वित्ने भयो।’ एटिएम कार्ड नभएकाले प्रेम चेकमार्फत पैसा निकाल्न बैंक पुगेका थिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोस्रो दिन आइतबार संघीय सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो।

यसरी पाहुना आउँदा सरकारले दिने विदाको प्रचलनले नागरिकलाई अपमान महसुस हुने प्रेम बताउँछन्। ‘सरकारले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि भनेर विदा घोषणा गरिदिँदा मजस्तै अरु कतिपयलाई अपमान महसुश भएको होला’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *