काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीले खाजा खर्चबापत दैनिक ३०० रुपैयाँ भत्ता पाउने भएका छन्।
विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विधि शीर्षकअन्तर्गत दैनिक ३०० रुपैयाँका दरले तीन दिनको खाजा खर्च दिन लागिएको हाे।
सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो। सरकारले १६ हजार जनशक्तिका लागि खाजा खर्च उपलब्ध गराए करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ। याे खबर कान्तिपुर दैनिकमा छ।