प्रमुख समाचार

१३ कात्तिकबाट अनशन बस्ने डा. केसीको चेतावनी

२७ असोज, काठमाडौं । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् ।

सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’

डा. केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *