प्रमुख समाचार

राष्ट्रपतिद्वारा राहदानीसहित ३ विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानीसहित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। प्रतिनिधिसभा र राष्ट्रिसभाबाट पारित राहदानी तथा वनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेका विधेयक र सेफगाड्र्स, एन्टी (डम्पिङ तथा काउण्टरभेलिङ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिले सोमबार प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई पेश हुन आएका तीन विधेयकको विहीबार प्रमाणीकरण गरेकी छिन्।संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव,

प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *