प्रमुख समाचार

मन्त्री लामाद्धारा ईको टुरिजम पार्कको शिलन्यास

चितवन, असोज २७ । चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागेको ईको टुरिजम पार्कको शिलन्यास गरिएको छ । सोमबार प्रदेश नम्वर ३ का भुमी ब्यवस्था, कृषि तथा सहाकारी मन्त्री दावा दोर्जे लामाले पार्कको शिलन्यास गरेका हुन् ।

अत्याधुनक प्रबिधिको प्रयोग गर्दै सामुदायिक वनको आयआर्जनको लागि निर्माण गर्न लागेको पार्क निर्माणमा ५ करोड बजेट बिनियोजन भएको छ । पार्क शिखर हरियाली सामुदायिक वनको १३ बिगाहा क्षेत्रफलमा निर्माण हुने छ ।

पार्क परिसरमा स्वीमिङ पुल, चिल्ड्रेन पार्क, फुलको वगैचा, पानीको फोहोरा, पिकनिक स्पट, आरामका लागि गोलघर, विजुलीको व्यवस्था हुन सामुदायिक वनका अध्यक्ष केदार आचार्यले बताए । पार्क निर्माणको जिम्मा पाएको सेभ इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

कृषि मन्त्रीकै पहलमा शिखर हरियाली सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पार्क निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री लामाले पार्क निर्माणपछि पूर्वी चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य वन्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले प्राकृतिक सम्पदालाई सही सदुपयोग गर्न सके चितवनमा पर्यटनबाट प्रशस्त लाभ लिन सकिने बताए ।

वनका अध्यक्ष केदार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्वर ३ का मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार जेएन थपलिया,राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा, तत्कालिन जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेल, वनका सचिव लक्ष्मी सेढाई लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *