काठमाडौं । अभिनेता निश्चिल बस्नेत र अभिनेत्री स्वस्तिमा खडकाले अभिनय गरेको फिल्म ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार ट्रेलर सार्वजनिकको क्रममा पत्रकारले निश्चल र स्वस्तिमालाई बच्चा कहिले भन्ने प्रश्न गर्दा स्वस्तिमाले ‘हाम्रो डमरु ढिलो आउँछ कडा आउँछ’ भन्दै माहाेललाई रमाईलो बनाइन्।
निश्चलले ट्रेलर रिलिजको समयमा पत्रकारहरुलाई फिल्मको कमाई यति करोड उती करोड भयाे भनेर समाचार बनाउने तपाईहरुनै हो भने ।
निश्चलले फिल्मको कमाइको विषयमा भने, ‘तपाइहरुले लेखेपछि हामीले थाहा पाउने हो तर म आफैले प्रोड्युसरलाई सोध्दा त्यस्तै ६० देखि ७० लाख मात्र कमाएको हुन्छ ।’
घामड शेरे फिल्ममा निश्चल र स्वस्तिमा भिनाज्यु र सालीको भुमिकामा देखिएका छन् । यो फिल्मको निर्देशन हेमराज विसीले गरेका हुन् ।
फिल्ममा निर्देशक विसी र सिमोश सुनुवारले लगानी गरका हुन् । नरेन्द्र मैनालीले खिचेका फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । फिल्मको कथा निर्देशक विसीले नै तयार पारेका हुन् ।
फिल्ममा निश्चल र स्वस्तिमाको साथै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायत कलाकारको अभिनय रहेको छ । फिल्म कार्तिक ८ गते प्रदर्शन हुँदैछ ।