मनोरंजन

इनास अवार्डमा ‘बुलबुल’लाई तीनवटा अवार्ड, उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्री

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’ले स विदेशमा रहेका कलाकारहरु एकीकृत भएको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अवार्ड जितेको छ । आज काठमाडौंमा अवार्ड वितरण कार्यक्रममा चलचित्र ‘बुलबुल’ले वर्षको उत्कृष्ठ चलचित्र सहित तीनवटा विधामा बाजी मारेको हो ।

‘बुलबुल’बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् भने सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।

विभिन्न ११ वटा विधामा अवार्ड प्रदान गरिएकोमा उत्कृष्ट कथातर्फको अवार्ड चलचित्र ‘प्रसाद’ले पाएको छ । यस्तै उत्कृष्ठ अभिनेताको अवार्ड वीपिन कार्कीले पाएका छन् । ‘प्रसाद’बाट वीपिनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *