खेलकुद

पोर्चुलग २-१ ले पराजित, युक्रेन युरोकप फुटबलमा छनौट

काठमाडाैँ । युरोकप फुटबलको छनौट चरण अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगल पराजित भएको छ ।

समूह बी अन्तर्गत भएको खेलमा साबिक विजेता पोर्चुगल युक्रेनसँग २–१ ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा युक्रेनले पहिलो हाफमा नै दुई गोलको अग्रता लियो ।

उसका लागि यारिम्चुकले छैटौँ तथा यार्मो्लिन्कोले २७ औँ मिनेटमा गोल गरे । त्यसपछि २-० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा पेनाल्टी पायो । ७२ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरे ।

७२ औँ मिनेटमै दोहोरो पहेँलो कार्ड खाँदै स्पटेपानेन्को बाहिरिएपछि युक्रेन १० खेलाडीमा सीमित भयो । पोर्चुगललाई पराजित गरेको युक्रेन समूह बी बाट छनौट हुने पक्का भएको छ । उसले सन् २०२० मा हुने युरोकप फुटबलमा स्थान बनाएको छ ।

युक्रेनको सात खेलबाट १९ अंक भएको छ । ६ खेलबाट ११ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । अर्को खेलमा लिथुवानियालाई २–१ ले पराजित गरेको सर्बिया ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *