प्रमुख समाचार

मेघा घिमिरे उपचारको लागि अमेरिका पुगेर भनिन् : “फेरि खुशीको दिनहरु फर्किदैछ”

काठमाडौं। घरको छतमा करेन्ट लागेर दुवै हात गुमाएकी बिराटनगर निवासी मेघा घिमिरे यतिबेला उपचारको लागि अमेरिका पुगेकि छिन् । समाजसेवी रीना केसी र नारी केसी फाउन्डेसनको पहलमा उनी अमेरिका पुगेकी हुन् ।मेघा घिमिरेले हात मात्र गुमाइनन्, हात सँगै जीवन भरी साथ दिने वाचा कसम खाएर विवाह गरेका श्रीमानले पनि उनको साथ छाडिदिएपनि बिचलित नभई सहयोगको अपिल गर्दै मिडियामा आएकी मेघालाई उपचारमा थप सहयोग मिलेको हो ।

तस्बिर / बायाँ : रीना केसी – दायाँ : मेघा घिमिरे – अमेरिका पुगे लगत्तै मेघाले सामाजिक सञ्जालमा लेखेकी छिन् : “फेरि खुशीको दिनहरु फर्किदैछ” पछिल्लो समय सामाजिक सञ्जालले मेघा जस्तै धेरैको जीवनमा खुशी ल्याएको छ । करेन्ट लागेरै हात खुट्टा गुमाएका कृष्ण वलीले पनि सामाजिक सञ्जालकै माध्यमबाट सहयोग जुटेपछि अहिले क्रितिम हात खुट्टा हालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *