मनोरंजन

‘घामड शेरे’को ट्रेलरमा साली-भेना बन्दा यस्तो देखिए निश्चल र स्वस्तिमा

स्वस्तिमा खड्का तथा निस्चल बस्नेत स्टारर ‘घामड शेरे’को ट्रेलर सार्वजनिक भएको छ।

हेम राज बिसी निर्देशित सिनेमाको सोमबार एक कार्यक्रमकाबीच काठमाडौंमा ट्रेलर सार्वजनिक गरिएको हो।

सिनेमामा निश्चल र स्वस्तिमाका अलावा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोए तथा सरोज अर्यालको अभिनय रहेको छ।

सिनेमामा निस्चल दोहा गएर फर्केका एक विवाहित पात्रको भूमिकामा छन्। विदेशबाट नेपालमै व्यवसायिक तरकारी खेती गर्ने सोच राखेका उनको पैसा खोला भएको जग्गामा फस्दा पछि गर्ने संघर्षमा सिनेमाको कथा केन्द्रित रहेको छ।

सिनेमा कार्तिक ८ गते रिलिज हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *