मनोरंजन

पाँच/पाँच पटक कास्टिङ काउचको सिकार बनेकी सुरवीन चावला

काठमाडौं । पछिल्लो समय ग्ल्यामर उद्योगमा कास्टिङ काउचको समाचारहरु धेरै सुनिन थालेको छ । केही अभिनेत्रीहरुले यस विषयमा ह्यासट्याग मि टु अभियाननै चलाइरहेका छन् । यसैबीच अभिनेत्री सुरवीन चावला पनि कास्टिङ काउचको सिकार बनेकी खुलासा भएको छ ।

अभिनेत्री सुरवीन चावलाले टिभी सिरियल ‘कही तो होगा’बाट आफ्नो ग्ल्यामर करियर सुरु गरेकी थिइन् । तर, उनी फिल्म ‘हेट स्टोरी–२’ र वेब सिरिज ‘सेक्रेड गेम्स’बाट निकै चर्चामा आएकी हुन् ।

अभिनेत्री सुरवीनले एक अन्तर्वार्तामा भनिन्–‘टिभी सिरियलसम्म ठीकठीकै थियो । तर, वास्तविक चुनौती भने फिल्मको अडिशनबाट सुरु भयो । यसै क्रममा म एक/दुई पटक होइन, पाँच/पाँच पटक कास्टिङ काउचको सिकार बने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *