प्रमुख समाचार

दशैँ मनाएर काठमाडाैँ फर्किनेकाे चाप, एकै दिन भित्रिए डेढ लाख यात्रु

काठमाडौं, २८ असाेज । दशैंका लागि काठमाडाैँ उपत्यकाबाहिर गएका यात्रुहरू दशैँ सकिएलगत्तै भित्रिन थालेका छन् ।

काेजाग्रत पूर्णिमा सम्मै दशैँ मनाइने गरिन्छ । दशैँ सकिएलगत्तै उपत्यका भित्रिनेकाे संख्या बढ्दै गएकाे छ । महानगरीय ट्राफिक महाशाखाले जनाएअनुसार एकै दिनमा १ लाख ५६ हजार ६ सय ४२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् । याे संख्या उपत्याका छिर्ने विभिन्न नाका हुँदै २४ हजार ९ सय ८८ सवारी साधनमार्फत भित्रिएकाे हाे ।

दशैँका वेला बाहिरिनेकाे जति ठूलाे चाप हुन्छ, भित्रिँदा भने त्यति चाप हुँदैन । कतिपय यात्रु भने तिहारसम्मैका लागि काठमाडाैँबाहिर गएका हुन्छ्न् ।

महाशाखाले पछिल्लो २४ घन्टामा उपत्याकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४ सय २९ जना सवारी चालकलाइ कारवाही समेत गरेकाे जनाएकाे छ । जसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०३, लेन १०६, सडक फुटपाथमा सवारी पार्किङ गर्ने १६६ र निषेधित स्थानमा हर्न बजाउने ६६ जना चालक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *