काठमाण्डाै – नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्कालाई सुखद् भविष्यको शुभकामना दिएका छन् ।
कप्तान खड्काले पदबाट राजीनामा दिएपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली क्रिकेटमा पारसको योगदान ठूलो रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘तपाईँको नेतृत्वमा नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको छ । जुन पहिला कहिल्यै हासिल गरेको थिएन, मलाई र धेरै युवाहरुलाई प्रेरित गर्नुभयो ।’
Starting the journey under your captainship, we've reached places Nepal cricket had never been able to before. You've inspired so many youths including me in the past years and given us all more reason to love this beautiful game. Best wishes for your future endeavors,
— Sandeep Lamichhane (@Sandeep25) October 15, 2019
सन्दीपले नेपाली क्रिकेटका लागि अझैं पनि पारसको कप्तानीको आवश्यकता रहेको बताए । उनले भने, ‘तपाईँको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाईलाई सकेसम्म धेरै बर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौँ । तपाईँ साँच्चिकै एक लेजन्ड हुनुहुन्छ जसले हामि सबैकाे हृदयमा ठूलो छाप पारेको छ, द लिजेन्ड पारस खड्का ।’