अन्तरास्ट्रिय

यस्तो भव्य र शानदार बन्यो विश्वकै ठूलो विमानस्थाल ! [भिडियो सहित]

एजेन्सी – चीनले निर्माण गरेको विश्वकै सबै भन्दा ठूलो विमानस्थल बुधबारबाट संचालनमा आएको छ। ११ अर्ब अमेरिकी डलर खर्च गरेर चीनले चार वर्षमा निर्माण गरेको विश्वकै ठूलो विमानस्थल बुधबार देखि खुल्ला गरिएको हो।

नयाँ ‘ड्याक्सिङ इन्टरनेसनल एअरपोर्ट’ को औपचारिक उद्घाटन चीनका राष्ट्रपति सी जिङपिङले बुधबार गरेका छन्। चीनको ७० औँ वार्षिकोत्सवको अवसर पारेर विमानस्थलको औपचारिक उद्घाटन गरिएको हो।

७ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको यस ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा विश्वकै ठूलो टर्मिनल रहेको छ। चिनियाँ संचार माध्यमहरुका अनुसार विमानस्थल ‘स्टारफिस’ आकारमा तयार पारिएको छ।

विमानस्थलबाट ‘चाइना सदर्न एअरलाइन्स ए ३८०’ ले सबै भन्दा पहिलो उडान भरिसकेको छ। यस विमानस्थलले बेइजिङ क्यापिटल इन्टरनेशनल विमानस्थलको चाप घटाउने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *