राजनिति

सी भ्रमणले नेपालको छवि बढेको नेकपा विदेश विभागको ठहर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समीक्षा गरेको छ। गत शनिबार र आइतबार चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेका थिए।

च्यासलस्थित तुलसिलाल स्मृति भवनमा बसेको बैठकमा विभागले चीन मामलाका जानकारहरुलाई समेत डाकेको थियो। नेकपाको विदेश विभागले अझै पूर्णता पाएको छैन। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विभाग प्रमुख छन् भने राम कार्की र विष्णु रिजाल दुई उपप्रमुख छन्। सदस्यहरु अझै चयन भएका छैनन्।

‘भ्रमणको समीक्षा भयो’ उपप्रमुख रिजालले सेतोपाटीसँग भने, ‘विभाग प्रमुख माधवकुमार नेपालले भ्रमणले अन्तर्राष्ट्रिय छवि बढाएको छ। अन्तराष्ट्रिय ध्यान आकर्षण गरेको छ, विदेशी पूँजी प्रविधि भित्र्याउने वातावरण सिर्जना गरेको धारणा राख्नुभयो।’

नेता नेपालले बैठकमा सी भ्रमणमा देखिएको राष्ट्रिय सहमति उल्लेखनीय भएको बताए। विगतमा चिनियाँ प्रधानमन्त्री पाँच/सात घण्टामा फर्किएको तर यसपटक राष्ट्रपतिले नेपालमै रात बिताएबाट नेपालको छवि निर्माण समेत राम्रो भएको उनको भनाई थियो। विपक्षी दलको नेतासँग भेटघाटले पनि सी भ्रमणलाई सफल तुल्याएको नेता नेपालको भनाई थियो।यसैबीच नेकपाको सचिवालय बैठकले पनि राष्ट्रपति सीको भ्रमणको समीक्षा गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *