खेलकुद

७ सय गोल गरेपछि रोनाल्डोले भने : रेकर्ड नै मेरो पछि लाग्छ !

म्याड्रिड : विश्वविख्यात पोर्चुगिस फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू रेकर्डको पछि नलाग्ने बताएका छन् । बरु रेकर्ड नै आफ्नो पछि लाग्ने उनले बताए।आफ्नो खेल करिअरको अवधिमा ७ सय गोल गरिसकेपछि उनले यस्तो बताएका हुन् ।

रेकर्डहरु स्वभाविक रुपमै आफ्नो पछि आउने उनको दावी थियो । पोर्चुगिस फरवार्ड रोनाल्डोले आफ्नो देशका लागि भने ९५औं गोल गरेका छन् । सोही रेकर्ड राखेपछि उनले पत्रकारहरुसँग यस्तो बताएका हुन् ।

यस्तो रेकर्ड जोसुकैका लागि सम्भव नहुने भन्दै रोनाल्डोले आफ्नो ‘टीम मेट्स’, ‘कोच’ लगायत सहकर्मीहरुलाई धन्यवाद दिए । च्याम्पियन्स लिगमा रोनाल्डोले अहिलेसम्मकै उच्च गोल गर्ने खेलाडीको रुपमा रेकर्ड बनाइसकेका छन् ।

पारसले छोडे कप्‍तान पद
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिएका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तान पारसले कप्तानी पद छाडेका हुन् ।नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको दोस्रो दिन उनले राजिनामा दिएका हुन् ।

‘मैले मेरो कप्तान पदबाट राजिनामा दिने निर्णय गरेको छु,’ उनले ट्वीटरमा लेखेका छन्। साथै आईसीसीले क्यानलाई फुकुवा गरेकोमा खुसी व्यक्त गर्दै नयाँ समितिलाई नेपाली क्रिकेटको विकासमा राम्रो काम गर्न शुभमकामना समेत दिएका छन्।

नेपाली क्रिकेटका सफल खड्काले सन् २००९ बाट कप्तानी सम्हालेका थिए। पारसकै कप्तानीमा नेपालले सन २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको थियो। उनको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *