प्रमुख समाचार

सीको स्वागतमा एक करोडको फूल

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका क्रममा फूलमा मात्रै सरकारले एक करोड रुपौयाँ खर्चिएको छ। सीको स्वागतका लागि सरकारले रातारात माइतिघर, तिनकुने, एयरपोर्टदेखि सोल्टीमोडसम्म विभिन्न प्रकारका सिजनल फूल, चिनियाँ घाँस र अर्नामेन्टल बोटविरुवा प्रयोग गरेको हो।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले काठमाडौं महानगरपालिकाले २६ लाख खर्च गरी तिनकुनेको बगैंचामा सिजनल पुष्प, चिनियाँ घाँस र अर्नामेन्टल बोटविरुवा प्रयोग गरेको बताए। त्यसैगरी एयरपोर्टदेखि सोल्टी होटेलसम्मको सडकको दुबै छेउमा यस्ता फूल, चिनियाँ घाँस र अर्नामेन्टल बोटविरुवा रोपेर सजावट गर्नका लागि ५० लाख रुपैयाँ खर्च भएको छ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा वन मन्त्रालयको वनस्पति विभाग र सिंहदरबारस्थित उद्यान शाखाले माइतिघर मण्डलाको बगैँचामा पनि करिब २४ लाख खर्च गरी केही सिजनल र अर्नामेन्टल जातको बोटविरुवा रोपेको छ भने केही पहिले भएकै बोटविरुवालाई सफासुग्घर र कटिङ गरी सजाएको छ।

श्रेष्ठकाअनुसार चिनियाँ राष्ट्रपतिको स्वदेश फिर्ता सवारीसँगै विभिन्न बगैँचा र सडकमा राखिएको गमलासहितको फूलको बोटविरुवा उठाएर सिंहदरबारस्थित उद्यान शाखामा राख्ने काम भइरहेको छ। समयमा उचित संरक्षण र रेखदेख नहुँदा कतिपय बोटविरुवा सुख्न थालेका छन् भने कतिपय स्थानका यस्ता बोटविरुवा चोरीसमेत हुन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *