मनोरंजन

के तपाईलाई यी चर्चित अभिनेताहरुको साइड बिजनेशबारे थाहा छ ?

एजेन्सी । बलिउडमा पछिल्लो समय अभिनय क्षेत्रमा मात्र सिमित नभइ साइड बिजनेश गर्ने ट्रेण्ड बढेर गएको छ । बलिउडका चर्चीत हस्तीहरु नै साइड बिजनेशमा लागिपरेका छन् । स्टार अभिनेता शाहरुख खान रेड चिलिज इन्टरटेनमेन्टका प्रमुख हुन् । उनको यस कम्पनीले भिएफएक्स र एनिमेशन सर्भिसहरु दिदै आइराखेको छ ।

त्यस्तै सलमान खानको बिंग ह्युमन संस्था रहेको छ । यसले ठुलोमात्रामा टिर्सट बेच्ने काम गर्दै आइरहेको छ । यात्रा डटकममा उनको पाँच प्रतिशत सेयर रहेको छ ।

आमिर खानको आमिर खान प्रोडक्सन रहेको छ । अक्षय कुमारको पनि फिल्म प्रोडक्सन कम्पनी रहेको छ । उनको इन्टेरियर कम्पनी पनि रहेको छ ।

रनवीर कपुर लगायत कपुर परिवारको राके स्टुडियोमा शेयर रहेको छ । उक्त कम्पनीबाट वार्षिक ठुलो रकम कपुर परिवारले पाउँदै आइरहेको छ ।

त्यस्तै अर्का स्टार अभिनेता अजय देवगणको पनि फिल्म प्रोडसक्न कम्पनी रहेको छ । उनले गुजरात भएको पावरप्लान्टमा पनि ठुलो रकम लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *