मनोरंजन

लिड रोल पाउन के के गरेनन् यी कलाकारहरूले

एजेन्सी । बलिउडमा केही यस्ता चर्चित अभिनेताहरु रहेका छन् जसले सुरुवाती दिनमा धेरै नै संघर्ष गरे । साहिद कपुर, सुशान्त राजपुत, दीपिका पादुकोण जस्ता चर्चित कलाकारहरु फिल्ममा साइड डान्सरको रुपमा काम गर्थे ।

साहिद कपुर ताल फिल्ममा साइड डान्सरका रुपमा देखिएका थिए । सुशान्त धुम २ मा साइड डान्सरका रुपमा काम गरेका थिए । पछिल्लो समय चर्चित निर्माता तथा डान्सर रेमो पर्देश फिल्ममा साइड डान्सरका रुपमा काम गरेका थिए ।

आज उनी बलिउडका एक सम्मानित डान्सर कोच तथा फिल्म निर्देशक हुन् । त्यस्तै दिया मिर्जाले दक्षिण भारतीय फिल्ममा साइड डान्सरको काम गरेकी थिइन् । डेजी शाह पनि कुनै समय साइड डान्सरका रुपमा काम गर्थिन् ।

उनले सन् २०१० अगाडि फिल्ममा धेरै नै संघर्ष गरेकी थिइन् । पछि सलमान खानसँग जय हो फिल्ममा उनले प्रमुख भुमिका पाएकी थिइन् । त्यस्तै सरोज खान, अर्सद वार्सी जस्ता कलाकारहरु पनि साइड डान्सरको रुपमा काम गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *