मनोरंजन

इनास अवार्डमा विपिन र स्वस्तिमा उत्कृष्ट, ‘बुलबुल’ बेस्ट फिल्म

काठमाडौं – चलचित्र ‘बुलबुल’ ले इनास अवार्डमा उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ । विदेशमा रहेका कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मा उक्त अवार्ड जितेको हो ।

सोमबार राजधानीमा भएको अवार्ड वितरण समारोहमा चलचित्र ‘बुलबुल’ ले उत्कृष्ट चलचित्रसहित ३ वटा विधामा उपाधि जित्यो भने चलचित्र ‘गोपी’ले बेस्ट जुरी अवार्ड जित्यो ।

‘बुलबुल’ बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड जिते । यस्तै सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।

यस्तै चलचित्र ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । ११ विधामा अवार्ड वितरण गरिएको थियो ।

यस्तै चलचित्र ‘गोपी’ बाट निर्देशक दीपेन्द्र लामालाई र दीपाश्री निरौलालाई ‘छक्का पञ्जा ३’ बाट जुरी अवार्ड दिइयो । अवार्ड समारोहमा संगीत रञ्जित गजमेरलाई ‘लाइफटाइम एचिभमेन्ट’ प्रदान गरियो ।

यस्तो छ पूरा सूचीः १. उत्कृष्ट चलचित्र बुलबुल २. उत्कृष्ट निर्देशक विनोद पौडेल – बुलबुल ३. उत्कृष्ट अभिनेता विपिन कार्की – प्रसाद ४. उत्कृष्ट अभिनेत्री स्वस्तीमा खड्का – बुलबुल ५. उत्कृष्ट लेखन सुशील पौडेल – प्रसाद ६. उत्कृष्ट सम्पादन

निमेष श्रेष्ठ – साइँली ७. उत्कृष्ट छायांकन पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३ ८. संगीत दिपक शर्मा – छक्का पञ्जा ३ – पहिलो नम्बरमा ९. गायन (पुरुष) प्रताप दाश – रोज – फुल होइन काँडा १०. गायन (महिला) प्रविशा अधिकारी – रोज – फूल होइन काँडा ११. नृत्य निर्देशन कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *