प्रमुख समाचार

राजपाले भन्यो– सांसद साहले जहाजको मनोमानीविरुद्ध बोलेका थिए, रिहाइ गर

जनकपुर एयरपोर्टमा भएको सामान्य आक्रोशलाई अतिरञ्जित गरिएको भन्दै राजपाले पक्राउ परेका आफ्ना सांसद प्रमोदकुमार साहलाई तत्काल रिहाई गर्न माग गरेको छ।

तत्काल रिहाई नगरे त्यसबाट उत्पन्न असहज परिस्थितिको जिम्मेवार सरकार नै हुने राजपाले चेतावनी दिएको छ। बुद्ध एयरको जहाज घन्टौंसम्म नआउँदा छट्पटाई रहेको विरामीको पीडा हेर्न नसकेर काउन्टरमा गई सांसद साहले सोधपुछ गर्ने क्रममा भएको सामान्य आक्रोशलाई अतिरञ्जित गरिएको राजपाले जनाएको छ।

‘जहाजको मनोमानीविरुद्ध बोल्दा शाहलाई काठमाडौं एयरपोर्टबाट पक्राउ गरिएको घटनाको पार्टी घोर भत्सर्ना गर्दछ’ एक विज्ञप्ति जारी गर्दै राजपाले भनेको छ ‘सांसदलाई रिहा गरी एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्वोधन गर्न सरकारसँग जोडदार माग गर्दछौं।’

जनकपुर विमानस्थलमा बुद्ध एयरका कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै सांसद शाहलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *