प्रमुख समाचार

सत्तारुढ नेकपाको चियापान आजसत्तारुढ नेकपाको चियापान आज

सत्तारुढ नेकपाले बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारीलगायतलाई आमन्त्रण गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *