बलिउड अभिनेता अक्षय कुमार प्राय आफ्नो फिल्मको कारण चर्चामा आउँछन्। तर यो पटक अक्षय आफ्नो फिल्मलाई लिएर नभई एक नयाँ रेकर्डको कारण चर्चामा आएका छन्। फोर्ब्सले दुनियाको हाईएस्ट पेड सेलेब्रिटीज (२०१९ ) को एक लिस्ट जारी गरेको छ।
यो लिस्टमा नाम पर्ने भारतीय सेलिब्रिटीमा उनी मात्र एक हुन्। फोर्ब्सको लिस्टमा गायिका टेलर स्विफ्ट नाम पहिलो छ भने अक्षय कुमारको नाम ३३ औँ नम्बरमा छ।
फोर्ब्स म्यागजीनले अक्षय कुमारलाई बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता बताएका छन्। म्यागजीन अनुसार, जून २०१८ देखि जून २०१९ मा अक्षय कुमारले ४४४ करोड कमाई गरेका छन् ।
यो कमाईले अभिनेता अक्षयले इंटरनेशनल स्टार्स रिहाना, जैकी चैन, स्कारलेट जोहानसन र ब्रैडली कूपरलाई समेत पछि पारेका छन् । अक्षय कुमारको कमाईको केहि हिस्सा ब्रान्ड एंडोर्समेंट मार्फत पनि आउँछ। अक्षयले कमाएको पैसाले ५ लाखको दरले १०० वटा गाडी किन्न सकिन्छ।
अक्षयको अपकमिंग प्रोजेक्टको कुरा गर्दा ‘मिशन मंगल’, ‘हाउसफुल ४ ‘, ‘गुड न्यूज’, ‘लक्ष्मी बम्ब’ र ‘सूर्यवंशी’ पर्छ । सबै फिल्म ठुलो ब्यानरको हो । ति मध्ये मिशन मंगल यो वर्षको १५ अगस्टमा रिलीज भैसकेको छ भने हाउसफुल ४ र गुड न्यूज पनि यही वर्ष रिलीज हुनेछ।