प्रमुख समाचार

चिनियाँ कम्पनीले पायाे नेपाली एक हजारको नोट छाप्ने जिम्मा

काठमाडौंः नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरिएको हो ।कम्पनीले ९१ लाख ९० हजार डरलमा नोट छापेर नेपाल पठाउने छ ।

फेरि बढ्यो विदेशी मुद्राको मूल्य
बुधबार नेपाली बजारमा फेरि सबै देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा तोकिएको छ ।

त्यसैगरी एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ३९ पैसा तोकिएको छ ।त्यस्तै एक अष्ट्रेलियन डलरको खरिददर ७७ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ७७ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १४५ रुपैयाँ २६ पैसा तोकिएको छ ।

एक युएई दिरामको खरिददर ३१ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ । त्यसैगरी आज एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

त्यसैगरी एक कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३७७ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *