प्रमुख समाचार

एनआरएनए मध्यपूर्व संयोजक र उपसंयोजक निर्बिरोध

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा एक/एक जनाको मात्र उम्मेदवारी परेको छ ।

संयोजकमा प्रवीण गुरुङ (कतार), उपसंयोजकमा मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ (युएई) र अर्का उपसंयोजकमा राजेन्द्रकुमार अर्याल ‘जोन’ (साउदी अरब) सर्वसम्मत चयन भएका हुन् ।

एनआरएनएको बिभिन्न १२ पदमा ४२ निर्वाचित हुनुपर्नेमा अब ३९ जनाका लागि मात्रै चुनाव हुने भएको छ ।

यो पनि पढ्नुहोस :तुलादानको रकम विद्यालयलाई हस्तान्तरण २९ असोज, गुल्मी । गुल्मीमा एक वृद्धाले चौरासी पूजामा गरेको तुलादानको रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका-५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा गरेको तुलादानको रकम विद्यालयलाई अक्षयकोष स्थापना गर्न हस्तान्तरण गरेका हुन् ।

चौरासी पूजाको अवसरमा आयोजित कार्यक्रममा वृद्धा पन्थीले आफ्नी श्रीमती हिमकला पन्थीको नाममा अक्षय कोष स्थापना गर्न सरस्वती प्राविलाई २० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम्मन घिमिरे र विद्यालयका प्रधानाध्यापक थम्मनबहादुर केसीलाई पूजा कार्यक्रममै पन्थीले नगद हस्तान्तरण गरेका थिए । विद्यालयमा पढ्ने अति बिपन्न एवं जेहेन्दार विद्यार्थीलाई पढाउनको निम्ति खर्चिने गरी विद्यालयलाई हस्तान्तरण गरेको पन्थीले बताए ।

अक्षयकोष रकमपछि थप्दै लगिने अक्षयकोष दाता परिवारका मेघराज पन्थीले बताए । अक्षयकोष रकम बुझ्दै विद्यालयका प्रधानाध्यापक केसीले चौरासी पूजाको अवसरमा तुलादान बापतको रकम विद्यालयलाई दिएर पन्थीले उदाहरणीय काम गरेको बताए ।

उनले बैंकमा उक्त रकम राखेर प्रत्येक वर्ष एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृद्धि प्रदान गर्ने प्रधानाध्यापक केसीको भनाइ छ । उनले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढाउनको निम्ति विद्यालय प्रति देखाएको योगदानको प्रशंसा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *