प्रमुख समाचार

लोक सेवा आयोगको विधेयक प्रमाणीकरण

काठमाडाै‌ । प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गर्नु भएको छ ।

उहाँले प्रमाणीकरण गर्नुभएको विधेयक केही हप्ताअघि प्रदेशसभाबाट पारित भई आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सिफारिस भई आएको प्रदेश प्रमुख सचिवालय कानून महाशाखाका प्रमुख अधिकृत राजेश तामाङ बताउनुभयो ।

यो पनि पढ्नुहोस :सांसद साहलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा राजपा धनुषाले डाक्यो सर्वदलीय बैठक जनकपुर । राजपा नेपालका संघीय सांसद प्रमोद साह पक्राउ परेको विषयमा धनुषा जिल्ला राजपा नेपाल पार्टीले सर्वपक्षीय बैठक गरेको छ ।

बैठकमा राजपा र समाजवादी वाहेक अन्य पार्टी उपस्थित नरहेको तर जनकपुरका अन्य युवा क्लब र लूज फोरमवाला प्रतिनिधि भने उपस्थित छन् ।बैठक जनकपुरको उद्योग वाणिज्य संघको सभा हलमा बसेको छ ।

जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले साहलाई नियन्त्रण्मा लिएकोमा आज जिल्ला अदालत धनुषाले चार दिनको लागि म्याद थप गरेको छ ।

सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साहले जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टर तोडफोड गरेका थिए ।

उनीमाथि मैगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *