खेलकुद

‘मेस्सीले मूर्ख बनाउन सक्छन्’

अघिल्लो सिजनको च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेलमा आफू मेस्सीको प्रदर्शन देखेर अचम्मित भएको उनले बताए । उक्त खेलमा बार्सिलोनाले लिभरपुललाई हराएको थियो । तर, दोस्रो लेगमा भने लिभरपुलले बार्सिलोनालाई हराउँदै फाइनलमा स्थान बनायो । र, उपाधि भिडन्तमा टोटनह्याम हटस्परलाई हराउँदै उपाधि पनि जित्यो ।

तर, मिल्नरले भने बार्सिलोनाका कप्तान मेस्सीसँग भिड्न कठिन रहेको बताए । उनले भने, ‘पहिलो लेगमा उनको खेल देखेर म छक्क परेँ । जब तपाईंको विरीतमा मेस्सी जस्ता खेलाडी छन् । त्यहाँ कुद्न धेरै गाह्रो हुन्छ, तपाईंको खुट्टा गल्नेछ र सबैसामु मूर्खजस्तो देखिनु हुन्छ । साँच्चै मेस्सीले मूर्ख बनाउन सक्छन् ।’

यसैगरी, मिल्नरले मेस्सी अविश्वसनीय खेलाडी भएको बताए । उनले भने, ‘मेस्सीले फ्रि–किकबाट पनि गोल गर्न सक्छन् । उनी अविश्वनीय छन् । उनीसँगको खेल जहिल्यै पनि कठिन हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *