आर्थिक

घट्यो नेपाली बजारमा सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ७० हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु १०० ले घटेर ७० हजार ६०० मा कारोबार भएको छ।

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा तोलामा ८५० मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ८६० मा कारोबा भएको थियो।

यो पनि पढ्नुहोस :आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ? काठमाडौँ । आज बुधबार पनि अमेरिकी डलरलगायत अन्य देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ३३ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४४ रुपैयाँ ५० पैसा छ भने बिक्रीदर मूल्य १४५ रुपैयाँ २६ पैसा छ।

हेर्नुहोस् अन्य देशको निनिमयदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *