प्रमुख समाचार

वृद्धवृद्धालाई गएर सोध्नुस, जीवनमा परिवर्तन भएको छ कि छैन?- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेहरु प्रति आक्रोश व्यक्त गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन ।

उनले भने, सभ्रान्त वर्गको घर, जागिर, गाडी सम्पत्ति थियो । फरक नपरेको होला तर बुढाबुढीहरुलाई गएर सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन ? वृद्धवृद्धाको लागि भत्ता बढाएको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भइरहेको, गरिबी निवारण भइरहेको प्रधानमन्त्रीले दाबी गरे।वर्तमान सरकारले ठूला ठूला विकासका आयोजनाको शुरु गर्दा पनि आलोचना गर्नेहरु प्रति तिब्र रुपमा असन्तुष्टि जनाएका छन ।

चीनसँग हुने सम्झौता विषयमा बाबुरामले दिए ओली सरकारलाई ६ सुझाब
सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिरहेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई ६ वटा सुझाब दिएका छन्।

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बालुवाटार बैठकमा सहभागी डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूले सरकारलाई दिएको सुझाब भन्दै ६ बुँदा उल्लेख गरेका हुन्।

उनले सुझाबका क्रममा सडक, व्यापार र लगानीका विषयमा चीनसँग सम्झौता गर्नुपर्ने बताएका छन्। यस्तै तत्काल चीनसँग सुपुर्दगी सन्धिमा हस्ताक्षर नगर्न आग्रह गरेका भट्टराईले चीन, भारत र अमेरिकासँग समानान्तर सम्बन्ध राख्न पनि सुझाव दिएका छन्।

यस्ता छन् भट्टराईका ६ सुझाब

१. मुख्यतः चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरका रूपमा लिने। तीन वटै शक्तिसँग समानान्तर सम्बन्ध राख्ने, गतिशील शान्तिवाद÷तटस्थताको नीति लिने। बीआरआई र आइपीएस दुवैबाट लाभ लिने। भारत र चीनबीच नेपाललाई आर्थिक सेतुको रूपमा विकास गर्ने।

२. चीनसँग रेल, सडक आदि कनेक्टिभिटी बिस्तारमा जोड दिने। रेल बनाउँदा ऋण जालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्रथमिकता दिने।

३. ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने।

४. सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल नगर्ने।

५. लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनु पर्ने।

६. सन् १९६० को नेपाल–चीन शान्ति तथा मैत्री सन्धि अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *