काठमाण्डौ – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१९ मा छनोट भएका छन् ।युनाइटेड अरब इमिरेट्स (यूएई)मा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई कर्नाटका टसकर्सले जारी ड्राफ्टमार्फत ए क्याटेगोरीमा रहेका सन्दीपलाई पहिलो राउण्डमै लिएको हो ।
उनले ४५ हजार अमेरिकी डलर(झण्डै ५१ लाख नेपाली रुपैयाँ) पाउने छन् । उनको टिमको आइकोनिक प्लेयर हसिम अमला रहेका छन् भने प्रशिक्षकमा टम मुडी रहेका छन् । सन्दीप गत सिजनमा केरला नाइट्सबाट खेलेका थिए ।टी १० क्रिकेट लिगमा विभिन्न ७ ओटा टिम रहेका छन् ।
भोटिङ मेशिनमा गडबडीले एनआरएनको निर्वाचन स्थगित
लगातारको विवाद र तनावपछि बुधबार अबेर साँझ सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्थागित भएको छ।
इलेक्ट्रोनिक मेशिनमार्फत् मतदान सुरु भए लगत्तै निर्वाचन स्थगित भएको हो। मतदान सुरू भएको केही समयमै प्राविधिक समस्या आएपछि भोलि बिहान १० बजेसम्मका लागि निर्वाचन स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले बताए।