राजनिति

चियापान कार्यक्रममा ओलीलाई लाग्यो ठूलो झट्का, बामदेवले गरिदिए खुलसा !

काठमाडौं– सत्तारूढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार दशैं, तिहार, नेपाल सम्बत र छठको पर्वका अवसरमा आयोजनाका गरेका शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झट्का लाग्ने अभिव्यक्ति दिएका छन् ।

पाँच बर्ष सरकारको नेतृत्व आफैं गर्ने योजना छ । तर, गौतमले भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् । गौतमले केपी शर्मा ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने बताएका हुन् ।

उनले ओली र प्रचण्डबीच यसअघि नै आधा–आधा कार्यकाल बाँडेर सरकारको नेतृत्व गर्ने सहमति भएको भन्दै प्रचण्ड चाँडै प्रधानमन्त्री बन्ने बताएका हुन् । उनले ओली र प्रचण्डबीचको उक्त सहमति कार्यान्वयन हुने बताए ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी भद्र सहमति भएको सार्वजनिक भएको थियो । यसको कार्यान्वयन हुनेरनहुने भन्नेमा सत्तारुढ नेकपाका नेताहरु नै अन्योलमा रहेका बेला नेता गौत्तमले ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *