एजेन्सी– नशा गर्नु स्वास्थ्यको हिसाबले नराम्रो भएता पनि मानिसहरु यस प्रति आकर्षित हुने गरेका छन्। अझ अहिले त धूम्रपान-मध्यपानलाई फेसनको रुपमा हेर्न थालिएको छ।
मध्यपान र धूम्रपानले स्वास्थ्य बिगारिरहेको थाहा हुँदा-हुँदै पनि मानिसहरु रमाइलोको नाममा यस्ता लतहरुमा लाग्ने गर्छन्। धूम्रपान र मध्यपानको लत अझ बढी ग्लामर क्षेत्रमा व्याप्त हुने गरेको छ।
स्वास्थ्य नै धरापमा पार्ने यस्ता लतमा नायक, नायिका देखि धेरै कलाकारहरु फस्ने गरेका छन्। यस विषयमा बलिउड पनि चोखो छैन। बलिउडमा पनि यस्ता लत लागेका केहि कलाकारहरु छन्। कुनै समयमा ज्यादै पियक्कड मानिने बलिउड नायिकाहरु निम्न छन्।
राखी
कभी-कभी, तपस्या, दाग, जीवन-मृत्यु, शर्मिली, बरसात की एक रात, काला पत्थर, करण-अर्जुन, मुकद्दर का सिकंदर, राम-लखन, दूसरा आदमी, लाल पत्थर, कसमें-वादे, बाजीगर, बोर्डर, त्रिशूल र बादशाह जस्ता बलिउड चलचित्रका काम गरेकी राखीलाई रक्सिको लत नै लागेको थियो। राखीको विवाहसँग भएको थियो। तर सम्बन्ध राम्रो हुन नसकेपछि केहि समय यी दुई छुट्टिएर पनि बसे। त्यहि समयमा राखीलाई मध्यपानको नराम्रो लत लागेको थियो। उनी बिहान देखि बेलुका सम्म नै लट्ठ हुन्थिन्। यहि कारणले गर्दा राखीको करियर बर्बाद भयो।
अमीषा पटेल
सन् २००० मा “कहो ना प्यार है” र “गदर एक प्रेम कथा” चलचित्रबाट धमाकेदार करियर शुरु गरेकी अमीषा अहिले बलिउड देखि टाढा छिन्। उनी आजकल चलचित्रमा खासै देखिन्नन्। कुनै एक समयमा अमीषालाई मदिराको लतनै लागेको थियो। भन्ने गरिन्छकी यहि बानिको कारण अमीषा बलिउड देखि एका-एक गायब भएकी थिइन्।
मनीषा कोइराला
क्यान्सरलाई समेत जित्न सफल भएकी मनीषा कोइराला नेपाल र भारत दुवै देशमा उत्तिकै चर्चित छिन्। मनीषाले खामोशियां, अचानक, दिल से, मन, बम्बे जस्ता चलचित्रमा सफल अभिनय गरेकी थिइन्।बताउने गरिन्छ की मनीषा कुनै एक समयमा ब्यापक मध्यपान र धुम्रपान गर्थीन्। यहि कारणले गर्दा उनको करियर चौपट भएको पनि बताउने गरिन्छ। क्यान्सर जितिसकेपछि अहिले भने मनीषा यस्ता लत देखि टाढा छिन्।