मनोरंजन

कपिल शर्मा सोमा गोविन्दा आउँदा किन हराए भान्जा कृष्णा अभिषेक ?

भर्खरै कपिल शर्मा कार्यक्रममा गोविन्द, उनकी श्रीमती सुनीता आहूजा र छोरी नर्मदा पाहुनाका रूपमा आएका थिए । गोविन्दका भान्जा कृष्णा अभिषेक यस एपिसोडको पहिलो खण्डमा देखिएका थिए । तर गोविन्दले आफ्नो परिवारसँगै एपिसोड छायाँकन गर्दा कृष्ण अभिषेक त्यहाँ अनुपस्थित थिए ।

भारतको एक पत्रिकासँगको कुराकानीमा कृष्णा अभिषेकले गोविन्दको उपस्थितिमा आफू नभएको विषयमा प्रतिक्रिया दिएका छन् । ‘माइजु सुनीताले त्यस एपिसोडमा म नभएको चाहन्थिन् भनेर कार्यक्रम टोलीले मलाई भन्यो,’ कृष्ण अभिषेकले भने, ‘त्यसकारण मैले उहाँहरूको प्रवेश अघि मेरो कार्य समाप्त गरें । यो दुःखद र स्तब्ध पार्ने कुरा थियो । किनभने मेरो चरित्र सपना शो को एक महत्वपूर्ण हिस्सा हो ।’

उनले भने, ‘यद्यपि यी सबै चीजहरुलाई वेवास्ता गर्दै मैले कुनै पनि हंगामा नगर्न निर्णय गरें । किनभने त्यो नर्मदाको ठूलो दिन थियो । उहाँहरु सबै नर्मदाको एल्बम प्रचार गर्न आउनु भएको थियो । यदि म मेरो कान्छी बहिनीलाई जेठो दाज्यूको रूपमा यो त्याग गर्न सक्दछु भने म पनि मेरो अग्रजबाट पनि त्यही अपेक्षा गर्दछु । यो धेरै दुःखको कुरा हो चिचि मामा हामीले झगडा गरेको चाहान्नु हुन्न र हाम्रा कुराहरूलाई सार्वजनिक रूपमा ल्याउन चाहँदैनौं, यसै बीचमा यस्तो घटना हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *