स्वास्थ्य

जाडो लाग्यो, यी कुरामा ख्याल गर्नुस् है

जाडोयाम सुरु भइसकेको छ। बिहान र साँझ चिसो बढ्दै गएको महसुस गर्न सकिन्छ। जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी हुने गरेको पाइन्छ।चिसोकै कारण सबै भन्दा धेरै मानिसलाई रूघाखोकीले सताइरहेको हुन्छ। रुघाखोकी सँगसँगै स्वास्थ्यमा अन्य विभिन्न समस्या उत्पन्न हुने गर्छन्।

यो समयमा विशेषगरी स–साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेको चिकित्सकहरुले बताएका छन्। त्यसैले चिसोबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन उनीहरुले सुझाव दिएका छन्।चिसोबाट बच्नका लागि धेरै भन्दा धेरै शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नु पर्छ। जसले गर्दा शरीरलाई सधै न्यानो बनाएर राख्न मद्दत गर्छ। त्यसका लागि दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खानेकुरा सेवन गर्न पर्दछ।

अदुवाको सेवन चिसोबाट बच्ने उत्तम उपाय हो। चिया, दाल र तरकारी आदिमा अदुवा प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन्। यसले रुघाखोकीको जोखिमलाई समेत न्यूनीकरण गर्ने काम गर्छ।चिसोमा बाहिर हिँड्दा सबै भन्दा पहिला लुगा ध्यान दिनु पुर्‍याउनु पर्छ। बाहिर हिँड्दा बाक्लो कपडा लगाउनु पर्छ। सवारी साधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनु पर्छ। जसले शरीरलाई सधै न्यानो बनाइराख्न मद्दत गर्छ।

दिनमा समय मिलेसम्म एकपटक घाममा बस्नु पर्ने विज्ञहरुले बताउका छन्। उनीहरुका अनुसार यसरी घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्य सम्बन्धी अन्य फाइदा पुग्ने गर्छ।बढी जाडो भएमा शरीरमा तोरी, जैतुन र तिलको तेलले मालिस गर्न सकिन्छ। महमा प्रशस्त आइरन पाइने भएकाले चिसोमा यसको सेवन गर्नु उत्तम मानिन्छ। महलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि समेत महत्वपूर्ण मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *