अन्तरास्ट्रिय

हिमालबाट फर्केपछि किमले के निर्णय गर्लान् ?

सोल : उत्तर कोरियाली नेता किम जङ उनका अभिव्यक्ति, निर्णय र गतिविधिबारे विश्व समुदायको कुनै न कुनै चासो हुन्छ । अन्तर्राष्ट्रिय मिडिया उनका गतिविधिलाई लिएर अनेक टिप्पणी गर्छन् ।

खासगरी अमेरिकासँगको सम्बन्ध कसरी अघि बढ्ला भन्नेमा धेरैको चासो छ । उनै नेता किम हालै सेतो घोडा चढेर उत्तर कोरियाको सर्वाधिक अग्लो शिखर माउन्ट पाइकेतो पुगे ।

उनको यही तस्बिर पनि चर्चामा छ । कोरियाली मिडियाका अनुसार उत्तर कोरियाली जनता माउन्ट पाइकेतोलाई पवित्र स्थल मान्छन् । किम र उनका पूर्वज पनि महत्वपूर्ण काम गर्नुभन्दा पहिले यहाँ जाने गर्छन् ।

महत्वपूर्ण निर्णय गर्नुअघि उक्त शिखरमा जाने १ सय ९ वर्षको उनको पारिवारिक परम्परा जस्तै बनेको छ । सबैभन्दा पहिले १९१० मा किमका हजुरबा उत्तर कोरियाका संस्थापक किम किम द्धित्तीय सङ यहाँ पुगेका थिए ।

सोही क्षेत्रमा उनले जापान विरुद्ध सैन्य अड्डा बनाएका थिए । सङ १९४५ सम्म यहाँ आउने जाने गर्थे । अर्को रोचक पक्ष के भने, किम परिवारका मानिस यहाँ अक्सर सेतो घोडा नै चढेर आउने गर्छन् । जुन शौर्यको प्रतिक मानिन्छ ।

किमका पूर्वज जापानी शासकसँग लडाइँका बेला पनि सेतो घोडाकै प्रयोग गर्थे । किम जङ यसअघि २०१८ मा पनि पाइकेतो पुगेका थिए । त्यसपछि नै अमेरिकासँग कुटनीतिक सम्बन्ध सुरु भएको हो । यनले यही बेला पनि अमेरिकासँग बदला लिने प्रतिक्रिया दिएका छन् ।

-एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *