राजनिति

सरकारको नेतृत्वमा ओली र प्रचण्डबीच आलाेपालाे हुँदैन : नेता शर्मा

काठमाण्डौ – सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताउनु भएको छ ।

नेता शर्माले सरकारको नेतृत्व पुरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने पनि बताउनुभयो । सरकारको नेतृत्वमा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आलोपालो हुने चर्चा भैरहेका बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो।

बिहीबार काठमाण्डौमा आयोेजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नु पर्ने तर्क पनि गर्नुभयो ।

नेता शर्माले मन्त्रिपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको पनि बताउनुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय रुपमा विश्वास आर्जन गरेकाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भएको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *