खेलकुद

रोनाल्डोको इन्स्टाग्रामको कमाई ३८ मिलियन, मेस्सीको कति ?

पोर्चुगी क्रिस्टियानो रोनाल्डो एवं अर्जेन्टिनी लिओनेल मेस्सी विच को अब्बल भन्ने प्रतिस्पर्धा भावना त् छदै छ यधपी सामाजिक संजालमा हुने फ्लोव र कमाइको लेखाजोखा समेत हुने गरेको छ । क्रिस्टियानो रोनाल्डोले मेस्सीले भन्दा दोब्बर कमाइ इन्स्टाग्राम मार्फत गरेको १२ महिना यताको आकडा सार्वजनिक भएको छ । सार्वजनिक भएको कमाइमा रोनाल्डोको इन्स्टामा कमाइ ३८ मिलियन पौण्ड रहेको पाइएको छ ।

रोनाल्डोको कमाइ ३८ मिलियन हुदा लिओनेल मेस्सी को भने १८ मिलियन साथै डेभिड बेकामको ८.६ मिलियन पौण्ड सार्वजनिक भएको छ। इन्स्टामा रोनाल्डो एक्कलको कमाइ ३८.२ मिलियन पौण्ड रहेको पाइन्छ । रोनाल्डोलाई ३४ सम्झौता इन्स्टाबाट आएको र हरेक मार्फत ७८०,००० पौण्ड पाएका थिए, जुन १२ महिना यताको रोनाल्डोको इन्स्टा कमाइ हो ।

त्यसबेला म बार्सिलोना छाड्न चाहन्थेँ : मेस्सी
लिओनल मेस्सीले स्वीकार गरेका छन् कि एक समय उनी बार्सिलोना छाड्ने सोचमा पुगिसकेका थिए । तर यो क्लबका कारण नभई स्पेनमा बस्न मन नलागेर भएको बताएका छन् ।

आरएसी वानलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘साँच्चै भन्नुपर्दा त्यसबेला (२०१३/१४ ) म बार्सिलोना छाड्न चाहन्थेँ ।’‘बार्सिलोनाका कारण होइन । करको विवादका कारण म स्पेन छाड्न चाहन्थेँ । मलाई लाग्यो कि ममाथि गलत व्यवहार भएइरहेको छ र अब म यहाँ बस्न चाहन्न ।’

त्यसबेला आफूसामू थुप्रै विकल्प भएपनि औपचारिक रुपमा कुनै प्रस्ताव भने नआएको उनले सुनाए ।तर अहिले परिस्थिति फेरिएको छ । उनी बार्सिलोनाप्रति यति प्रतिवद्ध छन् कि फुटबल करियर यही अन्त्य गर्न चाहन्छन् । ‘यो प्रष्ट छ, म आफ्नेा करियर बार्सामा नै अन्त्य गर्न चाहन्छु’, उनले भने, ‘यो क्लब र परिवारका लागि । हामी बार्सिलोनामा धेरै खुसी छौं ।’

कतिसम्म भने अर्जेन्टिनाको आफ्नो बाल्यकालको क्लब निवेल्सबाट खेलेर सन्यास लिने सपना पनि त्यागेका छन् ।अहिले परिवार प्राथमिकतामा परेको भन्दै उनले भनेका छन्, ‘मेरो बच्चाहरुले बनाएको साथीहरु छुट्नु भन्ने चाहन्नँ, जुन म सानो हुँदा भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *