मनोरंजन

“द भ्वाइस अफ नेपाल”मा ज्वाईंले छोडेका साजनलाई प्रमोद खरेलको साथ, नयाँ गीत ल्याउँदै,

काठमाडौं । दोश्रो सिजनको भ्वाईस अफ नेपालको ब्लाइन्ड अडिसनबाट छानिएका प्रतिस्पर्धी हुन् साजन थापा । ब्लाइन्ड अडिसनमा टीम प्रमोदमा छानेका उनले त्यसपछिको ब्याटल राउण्डमा उनकै ज्वाईं मधु लामासँग ब्याटल पर्‍यो ।

ब्याटलमा उनीहरुलाई प्रमोद खरेलकै गीत परेको थियो । शुरुमा आनाकानी गरेता पनि उनीहरुले एकदमै दमदार ब्याटल गाए । दुवैले एकदमै दमदार प्रस्तुती दिएका थिए । केही कुराहरुमा साजनको भन्दा मधुको प्रस्तुती राम्रो भन्दै भ्वाइसको अरु कोचहरुले भनेपछि प्रमोदलाई पनि साजन छान्न गाह्रो भयो । उनले दुवै जनालाई लिएर जान पनि चाहेका थिए तर मधुले एकजनालाई मात्र छान्न भनेपछि प्रमोदले मधुलाई छानेका थिए । मधुलाई छानेपछि सामाजिक सञ्जालमा साजनप्रति एकदमै सहानुभूति प्रकट भएको देखियो ।

हुन त साजनसँग प्रमोदको निकटता बढिसकेको थियो । प्रमोदले साजन लामासँग एउटा गीत रेकर्ड गर्न लागेको बताएका छन् । उनले आफ्नो ट्वीटर ह्याण्डलमा एक तस्बिर राख्दै भ्वाईसले गाँसेको सम्बन्ध, नयाँ सांगीतिक कोसेली लिएर आउने तयारीमा भन्दै ट्वीट गरेका छन् । साजन र प्रमोदको स्वरमा छिट्टै नै नयाँ गीत सार्वजनिक हुने प्रमोदले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *