खेलकुद

च्याम्पियन्स लिगभन्दा ला लिगा महत्वपूर्ण : मेस्सी

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सीले ला लिगा क्लबका लागि च्याम्पियन्स लिग र कोपा डेल रेभन्दा बढी महत्वपूर्ण प्रतिस्पर्धा भएको दाबी गरेका छन् ।

मेस्सीले सन् २००४ मा बार्सिलोनामा पहिलो पटक डेब्यू गरेका थिए । मेस्सी बार्सिलोनामा आएदेखि बार्सिलोनालाई १० लिग जिताइसकेका छन् । यसैगरी मेस्सीले क्लबलाई ४ च्याम्पियन्स लिग र ५ कोपा डेल रे ट्रफी दिलाइसकेका छन् ।२०१८-२०१९ सिजनको सर्वाधिक गोलकर्ता भएर मेस्सीले बुधबार गोल्डेन बुट पाएका थिए । उनले आजसम्म छैटौँ गोल्डेन बुट पाइसकेका छन् ।

गोल्डेन बुट प्राप्त गरिसकेपछि मेस्सीले भने,“ला लिगामा राम्रो प्रदर्शन गर्न नसक्दा अनि च्याम्पियन्स लिगमा प्रयास गर्दा निकै अप्ठ्यारो हुन्छ । यो सत्य हो कि हामीले च्याम्पियन्स लिगको बारेमा कुरा गछौँ तर हामीले ला लिगा र स्पेनिश कपलाई भुल्नु हुँदैन किनभने हामी बार्सिलोना हौँ र हामी सबै टाइटल जित्न चाहन्छौँ ।”

“सबैभन्दा महत्वपूर्ण टाइटल भनेको ला लिगा हो किनभने ला लिगामा राम्रो प्रदर्शन गर्नसक्यो भने यसले च्याम्पियन्स लिग र स्पेनिश लिगमा जानको लागि मद्धत गर्दछ,” मेस्सीले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *