मनोरंजन

फोक्सुण्डोमा साइकल यात्रा (फोटो फिचर)

डोल्पा : नेपालकै सबैभन्दा गहिरो र सुन्दर ताल फोक्सुण्डोमा पहिलो पटक ठूलो संख्यामा साइकल र्‍याली गरिएको छ। क्याराभान थिन्ले पदमार्ग नमाकरण गर्न दबाब स्वरुप पहिलो पटक साइकल र्‍याली गरिएको हो।

डोल्पाकै पहिलो साइकल यात्री रामचन्द्र बस्नेत (भाष्कर)ले फोक्सुण्डो पदमार्गलाई क्याराभान थिन्ले साइकल पदमार्ग राख्नुपर्ने भन्दै सरकारलाई दबाब दिन फोक्सुण्डोमा पहिलो पटक साइकल यात्रा गरेको बताए।

असोज २६ र २७ गते दुईदिन १७ साइकलयात्रीले फोक्सुण्डो तालमा साइकल र्‍याली गरिएको बस्नेतले जाकारी दिए। ‘डोल्पाले मात्रै हैन नेपालले क्याराभान फिल्मका नायक थिन्लेलुण्डुप लामालाई बिर्सियौँ’, उनले भने, ‘तर हामीले साइकल यात्रा गरेर थिन्ले चिनाउने प्रयास हामीले थालेका छौँ।’

देशकै चर्चित साइकल यात्रीसहितको १७ साइकलयात्रीको टोलीले पहिलो पटक फोक्सुण्डोमा साइकल र्‍याली गरेको छ। यस भन्दा पहिला पैदलमा एक पटक र रुकुमबाट एक पटक साइकल यात्रा गरि सकेको रामचन्द्र बस्नेत (भाष्कर)ले जानकारी दिए।

पानिक बाईक (पञ्चअष्ट नारायण साइकल) नामक संस्थाको विशेष पहलमा डोल्पाको फोक्सुण्डोमा साइकल प्रर्दशनी गरेको साइकल यात्री विजयरत्न शाक्यले जानकारी दिए।

सबैले बिर्सन लागेका क्याराभान फिल्मका नायक थिन्लेलुण्डुप लामाको नाम फेरि एक पटक विश्वलाई चिनाउन फोक्सुण्डोमानै साइकल यात्रा गरिएको र स्थानीय सरकार, निकुञ्ज, प्रदेश सरकारका साथै केन्द्र सरकारले विशेष प्राथमिकतामा राखेर यो पदमार्ग थिन्ले कै नाममा नामाकरण गरे पर्यटक भित्र्याउन भिजिट नेपाल २०२० जहिले पनी हुने शाक्यले दाबी गरे।

बहिरा साइकल यात्री ५१ वर्षीय उदयबहादुर श्रेष्ठ र रोशनकुमार श्रेष्ठदेखि पहिलो महिला साइकल यात्री २३ वर्षीया दाडिकु शेर्पा समेतको टोलीले तिन्लेलाई सम्झिदै फोक्सुण्डोमा साइकल यात्रा गरेका छन्।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आन्तरिक पर्यटकलाइ प्रतिव्यक्ति एक सय लिन्छ तर त्यस बापत केही सुविधा नदिएको आन्तरिक पर्यटकको गुनासो छ। सुरक्षाकर्मी र कर्मचारी व्यवहारिक नभएको साइकलयात्री विजयरत्न शाक्यले दुखेसो पोखे।

२०७३ साल वैशाख १२ गते फोक्सुण्डोकै पदयात्रामा क्याराभान नायक थिन्लेको घोडाबाट लडेर निधन भएको थियो। थिन्लेकै नामबाट फोक्सुण्डोको पदयात्रामा क्याराभान थिन्ले साइकिलिङ पदयात्रा नामाकरण गर्न सके डोल्पामा पर्यटकको संख्या दुईगुणा बढ्ने साइकल यात्रीको दाबी छ।

क्याराभान थिन्ले पदमार्ग राख्न दबाब दिँदै पहिलो पटक साइकलयात्री फोक्सुण्डो तालमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *