प्रमुख समाचार

पूर्व माओवादीलाई पैसा बाँड्ने कम्युनिस्टको धन्दा रोकिएन, सरकारले दियो १० लाख

काठमाडौं – देशमा द्वन्द्व मच्चाएका पूर्व माओवादी नेता कार्यकर्तालाई पैसा बाँड्ने धन्दा कम्युनिस्टहरूले अझै रोकेका छैनन् ।

युद्धको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सरकारले पूर्व माओवादीलाई पैसा बाँड्ने गरेको छ ।

कम्युनिस्ट सरकारले माओवादी युद्धको बेला मारिएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ का अधिराजकुमार शर्माका बुबालाई १० लाख रुपैयाँ सहायता दिएको छ ।

बिहीबार अपराह्न मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै मन्त्री बाँस्कोटा लाखौं सहायता गरिएको बताएका छन् ।

यसअघि समेत सरकारी कोषबाट माओवादीलाई अर्बाै रुपैयाँ बाँडिएको छ । कम्युनिस्टले अझै सरकारी ढुकुटी सिध्याउने गरी रकम बाँड्न छाडेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *