भारतले रोक लगाएपछि रसुवागढी नाकाबाट प्याज आयात बढेको छ।
रसुवागढी नाकाबाट असोज महिनामा २ लाख ३८ हजार ५ सय ८० किलो प्याज आयात भएको खबर आजको कान्तिपुर दैनिकमा रसुवाबाट बलराम घिमिरेले लेखेका छन्।
गत आवमा यो नाकाबाट प्याज आयात शून्य थियो।
भारतले प्याज आयातमा रोक लगाएपछि व्यापारीले चीनबाट आयात गर्न थालेका हुन्।
रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले चालु आवमा पहिलो पटक यो नाकाबाट यति धेरै प्याज आयात भएको बताए।
नाकाबाट असोजमा मात्रै एक करोड २२ लाख ५१ हजार ९ सय ३० रुपैयाँ मूल्य बराबरको प्याज आयात भएको छ।