काठमाडौँ । नेपाली फिल्म जगतमा व्यस्त र सबैभन्दा महँगा अभिनेता हुन् अनमोल के सी । उनको जन्म सन् ३० मार्च, १९९४,काठमाडौँमा भएको हो । उनी स्टार अभिनेता अनमोल के सी र सुस्मिता बमजनको छोरा हुन् ।
उनले आफ्नो अध्ययन मल्फी इन्टरनेशनल कलेजबाट पुरा गरेका हुन् । उनलाई घुम्न, म्युजिक सुन्न मनपर्छ ।
उनले अभिनय गरेका सुपरहिट फिल्महरु होस्टल, जेरी, ड्रिम्स, गाजलु, कृ, ऐ मेरो हजुर ३ क्याप्टेन हुन् ।
उनले पाएका अवार्डहरु बेस्ट डेब्यु एक्टर २०१३ स्टार अफ दि इयर २०१६ पपुलर एक्टर अफ दि इयर २०१६ महा जुरी अवार्ड २०१६ एनएफडिसी बेस्ट एक्टर २०१८
डि सिने बेस्ट मेल एक्टर अवार्ड २०१८ रहेका छन् । उनलाई मनपर्ने अभिनेत्री नम्रता श्रेष्ठ हुन् । उनले ड्रागनका् टाटु खोपाएका छन् ।
उनले कृ फिल्मका लागि २० लाख रुपैयाँ पारिश्रमिक लिएका थिए । यसले गर्दा उनको स्टारडममा अर्को उचाइ थपिएको थियो ।
अनमोललाई प्राय घरभित्र नै बस्न मनपर्छ । उनी संगित रम्ने र फिल्महरु हेर्न रमाइलो मान्छन् । उनलाई नम्रता श्रेष्ठसँग काम गर्न मन छ ।