मनोरंजन

क्याट्रिनाले दुई वर्षअघि देखेको सपना

एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफले आफ्नो ब्युटी ब्रान्ड के बाई क्याट्रिना लन्च गरेकी छिन् । बुधबार अभिनेत्री कैफले इन्स्टाग्राममा एउटा भिडियो राख्दै आफ्नो ब्रान्डको एक झलक देखाएकी छिन् । यसको क्याप्सनमा उनले लेखेकी छिन्– अब तयार भयो, २२ अक्टोबरदेखि उपलब्ध हुनेछ ।

त्यति मात्र होइन, उनले आफूले दुई वर्षअघि यो सपना देखेको र त्यसलाई अहिले निरन्तरता दिएको बताएकी पनि छिन् । उनले आफ्नो ब्युटी प्रोडक्टले निकै राम्रो काम गर्ने दाबी पनि गरेकी छिन् ।

यो पनि पढ्नुहोस :आयुष्मानले अब एउटा फिल्मको १० करोड लिने एजेन्सी– बलिउडमा खास पहिचान बनाएका छन्, अभिनेता तथा गायक आयुष्मान खुरानाले । उनले गत वर्षका लागि एकेडेमी अर्वाड्स पनि जिते । अनि उनलाई निकै मन पराएका छन्, बलिउडका चलचित्रलाई नछुटाउनेहरुले ।

अब तिनै आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक ५ सय प्रतिशत बढाएको बताएका छन् । उनले अन्धाधुन र बधाई हो फिल्ममा कामगर्दा पनि आफ्नो पारिश्रमिक तीन गुणा बढाएका थिए । अब ड्रिम गर्ल फिल्मको सफलताका कारण उनले आफ्नो पारिश्रमिक ५ सय प्रतिशत बढाउने भएका हुन् ।

यसअघि उनले २ करोड रुपैयाँ पारिश्रमिकका रुपमा लिँदै आएका थिए । अब उनको यो पारिश्रमिक १० करोड हुनेछ । सन् २०१७ बाट चम्किएका आयुष्मानले पारिश्रमिक बढाउने निर्णयलाई भारतीय मिडियाले चाहिँ सकारात्मक रुपमा नै लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *