मनोरंजन

कार्तिक र साराको ब्रेकअप ?

पछिल्लो समय बि-टाउनमा कार्तिक आर्यन र साराअलि खानलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । बलिउडका फ्रेस अनुहार यी दुइनै एक अर्कालाई मन पराउछन् भने यिनलाई विभन्न स्थानमा स्पोट पनि गरिरहेका हुन्छन् । तर , पछिल्लो समय यी दुइको सम्बन्धमा दरार आएको खबर भारतीय मिडियामा छ ।

कार्तिक र सारा प्रेममा थिए । नजिकिदै गर्दा यी दुइले इम्तियाज अलिको निर्देशनमा तयार भईरहेको लभ आजकलको सिक्वेलमा काम गरे।सम्बन्ध झनै नजिकियो । तर , त्यसपछि एकपछि अर्को प्रोजेक्टमा समय दिदा आफ्ना लागि समय छुट्याउन सकेनन् । फलत यी दुइको सम्बन्धमा दरार आयो ।

भारतीय मिडियालाई आधार मान्ने हो भने यी दुइको ब्रेकअप भईसकेको छ र कारण समय नै हो । एक अन्तर्वातामा साराले आफ्नो ‘क्रस’ कार्तिक बताएपछी यी दुइको चर्चा सुरु भएको थियो । फ्रेस जोडीको रुपमा लिइएको यी दुइलाई बलिउडको सम्भावना बोकेको कलाकारको रुपमा पनि हेर्ने गरिएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *