खेलकुद

मेस्सी र अगेरो राष्ट्रिय टिममा फर्किने बारे यसो भन्छन अर्जेन्टिनी प्रशिक्षक !!

बार्सिलोना एबम अर्जेन्टिना कप्तान लिओनेल मेस्सी नोभेम्बरमा अन्तर्राष्ट्रिय खेलमा फर्किने कोच लिओनेल स्क्कालोनीले बताएका छन्।चिली विरुद्धको खेलमा रेड कार्ड पाएका मेस्सीले उक्त कोपा अमेरिका पश्चात राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका छैनन् । उक्त रेडका कारण उनि ३ खेल प्रतिबन्धित भएका हुन् । इक्यडर विरुद्धको खेलमा समेत मेस्सी देखिने छैनन् तर मेस्सी नोभेम्बरमा पारागुय विरुद्धको खेलमा फर्किने स्कालोनीले बताएका छन् ।

सर्जियो अगेरो समेत विभिन्न कारण अन्तर्राष्ट्रिय खेलमा नफर्किएको उनले बताएका थिए भने अर्को महिना अगेरो समेत अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किने स्कालोनीको दावी रहेको छ ।चोटका कारण समेत मेस्सी बार्सिलोनाका निम्ति सिर्फ ५ खेलमा मात्र देखिएका थिए भने उनले सेभिल्ला विरुद्धको जितमा गोलको खाता खोलेका थिए ।

मेस्सी कि रोनाल्डो ? मौरिन्होले दिए प्रतिक्रिया !!
विशिष्ट फुटबलरहरुको प्रशिक्षणमा आवर्द भैसकेका पुर्बी प्रिमिएर लिग प्रशिक्षक जोजे मौरिन्हो समेत मेस्सी रोनाल्डो मध्यको विशिष्ट को भन्ने विवादमा प्रतिक्रिया दिएका छन् । मौरिन्होले विश्व उत्कृस्ट मानिएका ड्रोग्बा, इब्राहिमोबिक, इटो सम्मका खेलाडीलाई कुनै समय प्रशिक्षण दिएका थिए ।

विबादमा रहेको विषय मेस्सी रोनाल्डोमा विशिष्ट को भन्ने प्रश्नमा पुर्बी रियल मड्रिड प्रशिक्षक समेत रहेका उनले दुवै मेस्सी रोनाल्डो उच्चारण गरेनन । उनले रोनाल्डो र मेस्सी भन्दा ब्राजिलियन रोनाल्डो डी लिमा उत्कृस्ट रहेको बताए । कुनै पनि अन्य खेलाडी उक्त ब्राजिलियन रोनाल्डोको स्तरमा नरहेको बताएका थिए ।

रोनाल्डोले पी.एस.जीलाई बार्सिलोनाका तर्फबाट १९९७मा गरेको गोल नै हाल सम्मको उत्कृस्ट गोल रहेको समेत बताए । उनले हालसम्म देखेका खेलाडी मध्य लिमा उत्कृस्ट रहेको र कुनै खेलाडी उक्त स्तरमा नपुग्ने दावी समेत गरे । उक्त बेला १९ बर्षका युवा खेलाडी गरेको योगदान निकै अतुलनीय रहेको मौरिन्हो बताउछन ।

उनले अन्तत लाइभ स्कोरलाई भने, क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी १५ बर्ष यताका हस्ती हुन् र उनीहरुको स्तर दिनप्रति दिन बढ्दै छ तर रोनाल्डोको खेल कला उनीहरुमा देखेको छैन, मौरिन्हो बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *