खेलकुद

कप्तान किरण गोवा प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ भारत प्रस्थान गरेका छन् ।भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित किरण टिममा सामेल हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । किरणलाई पन्जाबले गत साउनमा अनुबन्ध गरेको थियो ।

फिफा विश्वकप छनोट अन्तर्गत जोर्डनसँगको खेल खेलेर बिहिबार स्वदेश फर्किएका किरण शुक्रबार बिहान त्यसतर्फ लागेका हुन् । अब किरण विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि मात्र स्वदेश फर्कने छन् ।

भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले किरणलाई दोस्रो पटक अनुबन्ध गरेको हो । किरणले सन् २०१७/१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।

सान्चो सर्वाधिक अनुभवी युवा फुटबलर
जर्मन क्लब बोरुसिया डर्टमण्डका विंगर जाडन सान्चो सर्वाधिक अनुभवी युवा फुटबल खेलाडी बनेका छन् ।फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको तथ्यांकअनुसार सान्चो विश्व फुटबलमा सर्वाधिक अनुभवी युवा खेलाडीको शीर्ष स्थानमा परेका हुन् ।

इंग्ल्याण्डका फरवार्ड सान्चो सन् २००० मा जन्मिएका थिए । र, १९ वर्षकै उमेरमा सान्चोले विश्व फुटबलमा आफुलाई उत्कृष्ट फरवार्डको रुपमा चिनाईसकेका छन् ।

यस्तै इंग्ल्याण्ड तथा टोटेनहमका मिडफिल्डर रायन सेसिगनन सर्वाधिक अनुभवी खेलाडीको दोस्रो स्थानमा रहेका छन् ।त्यस्तै आयाक्सका किक पिएरिए तेस्रो, नर्विचका म्याक्स आरोन्स चौंथो र रियल मड्रिडका भिनिसस जुनियर पाँचौं स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *